०५ चैत २०८२ , बिहिबार

मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु, सयौँ अलपत्र

असार २१, सुर्खेत । कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको प्रतीकूल मौसमका कारण ज्यान गएको छ । त्यहाँ खराब मौसमका कारण सयौँ तीर्थयात्री अलपत्र परेका प्रहरीले जनाएको छ ।

 

नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ ।

 

नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको कान्तिपुर दैनिकमा समचार छ ।

 

शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *