असार २२, काठमाडौँ । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई धमाधम पक्राउ गर्न थालेका समाचार कारोबार दैनिकमा छ ।
मलेसियास्थित नेपाली दुतावासका अनुसार त्यसरी पक्राउ पर्नेमा २ सय नेपाली रहेका छन् ।
स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेका छन् ।








