०५ चैत २०८२ , बिहिबार

आदिकवि आचार्यको जन्मस्थल चुँदीरम्घामा रामायण घर निर्माण कार्य तीव्र

असार २४, दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ ।

 

भानु जन्मस्थल विकास समितिको सक्रियतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

 

निर्देशक रानाभाटका अनुसार दुई ढलानको सो भवन साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोक र रामायणसँग सम्बन्धित तस्वीर कुँद्ने योजना बनाइएको छ । १० रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका संरचना निर्माण गर्ने गुरु योजना बनाइसकिएको समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *