असार २४, मुस्ताङ । शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनाका कारण दाङका राप्ती र राजपुर गाउँपालिका शोकमा डुबेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार दुर्घटनामा दाङका छ जनाको शुुक्रबार ज्यान गएको थियो । यो घटनाले सिंगो दाङ शोकमा डुबेको छ । राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको हो ।
राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती नयाँ बस्तीका कविता घर्ती, सुबेर चोैधरी र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ ।








