०४ चैत २०८२ , बुधबार

सरकारी कर्मचारीको मर्यादामा बस्न डा. केसीलाई प्रम ओलीको चेतावनी, मेडिकल कलेज खोल्ने अनुमति नरोकिने

असार २४, काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न प्रधानमन्त्री केपी ओलीले चेतावनी दिएका छन् ।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रदेश २ का नेकपाका सांसदहरूसँग विकास निर्माणबारे छलफल गर्ने क्रममा सो चेतावनी दिएका हुन् ।

 

केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले बताएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *