असार २५, काठमाडौँ । मदन पुरस्कार २०७४ का लागि ८ वटा कृति मनोनयनमा परेका छन् । मदन पुरस्कार गुठीमा आएका २ सय ५३ कृतिमध्येबाट उत्कृष्ट ८ कृतिलाई पुरस्कारका लागि मनोनयन गरिएको हो ।
मनोनयनमा पर्ने कृतिहरूमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’ नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङलाकको ‘लिम्बुनी गाउँ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ रहेका छन् ।
मनोनयनमा परेका यी कृतिबाट एउटा कृतिलाई गुठीले सर्वोत्कृष्ट ठहर गरी २०७४ को मदन पुरस्कार प्रदान गर्नेछ ।








