०५ चैत २०८२ , बिहिबार

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने

असार २५, काठमाडौँ । मुस्ताङमा गत शुक्रबार टि«पर दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख क्षतिपूर्ति दिने भएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई दुर्घटनाको जानकारी दिँदै गृहमन्त्री राम बहादुर थापाले मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताएका हुन् ।

 

मुस्ताङको घ्याकर दामोदर कुण्ड गाउँपालिका ३ मा टि«पर दुर्घटना हुँदा विरुवा कन्ट्रक्सनका कामदार सहित २० जनाको मृत्यु भएको थियो ।

 

त्यस्तै घाइते १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको मन्त्री थापाले सदनलाई जानकारी गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *