०५ चैत २०८२ , बिहिबार

छोरीको समयमै जन्मदर्ता गराए २० वर्षसम्म वार्षिक १० हजार रूपैयाँ भत्ता

असार २६, कलैया । बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए २० वर्षसम्म १० हजार रूपैयाँका दरले भत्ता दिने निर्णय गरेको छ ।

 

गाउँपालिकाको सोमबार बसेको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजार रूपैयाँका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।

 

निर्णयको गाउँपालिकाबासीले स्वागत गरेका छन् ।

 

उमेर नपुगी छोरीहरूको विवाह गर्ने चलनका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि मात्र विवाह गराउन सुझाव दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *