०५ चैत २०८२ , बिहिबार

साउनदेखि श्रमिकको न्यूनतम् तलब १३ हजार ४ सय ५०

असार २६, काठमाडौँ । साउनदेखि लागू हुने गरी श्रमिक कामदारको न्यूनतम् तलव १३ हजार ४ सय ५० रुपैयाँ सिफारिस गरिएको छ । श्रम मन्त्रालयमा आइपुगेको उक्त सिफारिस सरकारले त्यसैअनुरुप निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि साउनबाट लागू हुनेछ ।

 

यसअघि ९ हजार ७ सय रुपैयाँ रहेको न्यनतम् पारिश्रमिकमा ३ हजार ७ सय ५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ समाजिक सुरक्षा ऐनअनुसार श्रमिकलाई रोजगारदाताले दिनुपर्ने सुविधा जोड्दा अब मजदुरले मासिक १ हजार ६ सय ९० रुपैयाँ बढीको सुविधा पनि प्राप्त गर्नेछन् । यसअनुसार १५ हजार १ सय ४० बरारको लाभ मजदुरलाई हुनेछ ।

 

यसबारे सोमबार श्रम तथा रोजगार मन्त्रालयमा एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । तर यो ‘सहमति’ मा कांग्रेससम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसले भने हस्ताक्षर गरेको छैन । सुरुमा सहमति जनाए पनि हस्ताक्षरको समयमा उसले स्वीकार नगरेपछि मस्यौदा सिफारिस श्रम मन्त्री गोकर्ण बिष्टसम्म पुगेको छ ।

 

ट्रेड युनियन कांग्रेसले न्यनतम् तलब १७ हजार रुपैयाँ हुनुपर्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *