०५ चैत २०८२ , बिहिबार

सुन तस्करी प्रकरण : गोरेका सहयोगीसहित तीनजना जेल चलान, अन्य तीनजना धरौटीमा रिहा

असार २६, विराटनगर । सुन तस्करी, संगठित अपराध एवम् सनम शाक्य हत्या प्रकरणका थप तीन आरोपीलाई जिल्ला अदालत मोरङले सोमबार थुनामा राख्न आदेश दिएको छ ।

 

त्यस्तै अरु तीनजनालाई धरौटीमा छाड्न आदेश दिएको समाचार कान्तिपुर दैनिकमा छ ।

 

न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो ।

 

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *