असार ३०, विराटनगर । एक नम्बर प्रदेशलाई किराँत नामाकरण गर्नुपर्ने माग गर्दै किराँतीहरुले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई शुक्रबार स्मरणपत्र बुझाएका छन् ।
किराँत राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक वालाहाङ सहितका पदाधिकारीले शुत्रबार बिराटनगरस्थित मन्त्रिपरिषदको कार्यालयमा पुगेर स्मरणपत्र बुझाएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
स्मरणपत्र बुझदै मुख्य मन्त्री राईले संबैधानिक दायराभित्र रहेर एक नम्बरलाई किराँत प्रदेश नामाकरण गराउन मध्यस्ता गर्ने आश्वासन दिएको स्मरणपत्र बुझाउने टोलीका सदस्य अर्जुन जम्नेली राईले बताए ।








