०५ चैत २०८२ , बिहिबार

नेकपाका केन्द्रीय सदस्य दुई गाउँपालिकाको इन्चार्ज

असार ३२, काठमाडौँ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचार अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि यस्तो जिम्मेवारी दिन लागिएको हो ।

 

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा र्पुयाएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका र नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।

 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

 

केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *