०५ चैत २०८२ , बिहिबार

क्रोएसियाली राष्ट्रपतिको यसकारण भयो विश्वभर प्रशंसा

साउन १, काठमाडौँ । विश्वकप फुटबल २०१८ को समापन समारोहको एक दृश्यले विश्वभर चर्चा पाएको छ । क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक ले खेलाडीप्रति देखाएको मायाले विश्वभर प्रशंसा पाएको हो ।

 

समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंका लगायतका उच्च पदस्थ व्यक्तित्वका बीच क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका दर्शकलाई नतमस्तक बनाएको खबर नागरिक दैनिकले लेखेको छ ।

 

विश्व फुटबलको २१ औं संस्करण आइतबार साँझ १९९८ पछि पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *