०५ चैत २०८२ , बिहिबार

विवेकशील साझा पार्टीको सत्तारुढ र प्रमुख प्रतिपक्षलाई यस्तो चुनौती

साउन ४, काठमाडौँ । विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।

 

नयाँ पत्रिका दैनिकको समाचारमा भनिएको छ— डा. गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्रह पनि गरेको छ ।

 

पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई त्यसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् । तर कांग्रेस पानीमाथिको ओबानो बन्न नहुने विज्ञप्तीमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *