साउन ५, काठमाडौँ । ललितपुर ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको समाचार कान्तिपुर दैनिकमा छ ।
ट्राफिक चेकिङका क्रममा ती दुई नक्कली स्मार्ट लाइसेन्सबाहकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्मार्ट कार्ड नै नक्कली फेला परेपछि ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले आफू चकित भएको बताएका छन् ।








