साउन ५, काठमाडौँ । कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीका लागि अन्य साना दललाई फकाउने कसरत गरेको छ । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको हो ।
सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरेका हुन् ।
छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।








