०५ चैत २०८२ , बिहिबार

राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्री बनाउन सिफारिस

साउन ८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन सिफारिस गरेको छ ।

 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

 

मधेस आन्दोलनका बेला जलेश्वरमा घाईते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *