०५ चैत २०८२ , बिहिबार

राजिनामाका क्रममा छोटो समयमा प्राप्त उपलब्धी बताउँदै मन्त्री तामाङ भए भावुक

साउन ९, काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्  । विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।

 

नयाँ पत्रिका दैनिकमा छापिएको खबरअनुसार दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषाकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेको कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए ।

 

सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषद्मा दर्ता भइसकेको, प्रदेश तहलाई १७ वटा कानुन बनाएर पठाएको, स्थानीय तहका न्यायिक समितिका लागि आवश्यक कानुन पनि पठाइसकेकोलगायतको प्रगति सुनाउँदै गर्दा उनी रोकिए । यी सबै कामहरू अन्तत्वगत्वा‘भन्दै भावुक बनेका उनी केहीबेर बोल्न सकेनन् । उनका आँखाबाट आँशु झर्न थाल्यो ।

सुशासन कायम गर्न र भ्रष्ट्राचार अन्त्य गर्न कानुनमा सुधार गर्नुपर्ने आफ्नो मान्यता रहेकाले सोहिअनुसारको कानुन बनाउने काम गरेको बताए । समयमा सम्पति विवरण नबुझाउने २५ जना न्यायाधिसलाई ५ हजारका दरले जरिवाना लगाउने न्यायपरिषदबाट निर्णय गराइएको बताए ।

 

आफुले मन्त्रीपदमा रहेर गरेका प्रगतिबारे जानकारी गराउनेक्रममा उनले यी सबै कामहरू अन्तत्वगत्वा….। भन्दै पुनः भावुक भए । पटक पटक आँशु पुछ्दै बोल्ने प्रयत्न गरेपनि उनको गला अवरुद्ध भइरह्यो । अन्ततः सम्हालिएर बोल्दै उनले समयसिमा भित्रै मौलिक हक कार्यान्वयन गर्ने कानुन बन्ने दृढता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *