०५ चैत २०८२ , बिहिबार

कानुनमन्त्री अब को बन्ला ? यस्तो छ तीनजनाको चर्चा

साउन १०, काठमाडौँ । तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा रहेको समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ ।

 

समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *