०६ चैत २०८२ , शुक्रबार

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

साउन १०, काठमाडौँ । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको समाचार राजधानी दैनिकमा छ । सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो ।

 

नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब एक सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १ सय ३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै बटालियनको अवसर दिएको हो ।

 

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार ६ सय सैनिकहरु बटालियनका रूपमा त्यहाँ जान लागेको हुन् । उनले आवश्यक बन्दोबस्तीका सामानसहित केही सैनिक त्यहाँ पुगिसकेको र थप सैनिक माग भएलगत्तै पठाउने गरी तयारी अवस्थामा राखिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *