०५ चैत २०८२ , बिहिबार

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख, कहाँ छ आर्थिक मितव्ययिता ?

साउन १५, काठमाडौँ । सरकारले प्रधानमन्त्री सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

 

प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो ।

 

अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनामा भएको निकासा तथा रकमान्तरण विवरणमा नागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमका लागि सेट निर्माणबापत २० लाख रकमान्तर गरिएको उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *