०५ चैत २०८२ , बिहिबार

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, फोरमबाट एक राज्यमन्त्री थपिने

साउन १६, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

 

विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ । ‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ नेकपाका महासचिव विष्णु पौडेले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।

 

 

यसैबीच संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री थपिने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ ।

 

फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *