साउन १७, काठमाडौँ । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसक्दा डेरी उद्योगले उत्पादन गरेको ४ अर्ब बराबरको घिउ बिक्री नभएको खबर नागरिक दैनिकमा छ ।

घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् ।
करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ,’ उनले भने, ‘भारतबाट रामदेवलगायत विभिन्न ब्रान्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो ।’








