१६ फागुन २०८२ , शनिबार

सय रुपियाँ लिएर घरबाट हिँडेकी सोनाको संघर्ष (भिडियो)

साउन २९, काठमाडौँ । भर्खर दस जोड दुई उत्तिर्ण गरेकी थिइन् उनले । घर र विद्यालय बाहेक अन्यत्र कहिल्यै गएकी थिइनन् । नौ कक्षा पढ्दै गर्दा गाउँका केटाकेटीलाई पढाउन थालेकी उनले जागिरका लागि थुप्रै सोचिन् । तर जागिर खोज्ने कहाँ ? चिनेका कोही थिएनन् । अचानक आफ्नै दाइले एकदिन ‘बेलुकी घरमा तँलाई देख्न नपरोस्’ भनेपछि एक्कासी घर छोड्नुपर्ने भयो । अनि आमालाई सय रुपियाँ ‘कपडामा रङ गर्न’ भन्दै मागिन् । र, त्यहीँ दिनदेखि घर छोडिन् । …

उनी हुन् कठोर संघर्ष गरेर गाउँका सबैका प्रेरणा बनेकी हलियाकी छोरी सोना खटिक । उनले राजधानीमा मंगलबार त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागको समन्वयमा विभिन्न दलित संघसंस्थाले आयोजना गरेको ‘पोलिटिक्स अफ डिग्निटि एन्ड सोसल जस्टिस : भोइसेस अफ इमर्जिङ चेन्जमेकर’ विषेयक कार्यक्रममा कार्यपत्रका रूपमा आफ्नो संघर्षको कथा सुनाइन् ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=7vuND22-dAw&feature=youtu.be

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *