भदौ १, काठमाडौँ । दुई सातापछि चीन र अमेरिकाबीच व्यापार वार्ता हुने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

व्यापारसम्बन्धी वार्ताका लागि अगस्टमा एकजना वरिष्ठ मध्यस्थकर्तालाई संयुक्त राज्य अमेरिका पठाउने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
दुवै मुलुकबीच व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।








