०२ मङि्सर २०८२ , सोमबार

नयाँ ऐनको ‘फौजदारी संहिताबाट प्रेस स्वतन्त्रतामा खतरा’

भदौ १, काठमाडौँ । नेपाल मिडिया सोसाइटीले शुक्रबारदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गम्भीर खतरा देखिएको बताएको छ ।

 

‘संहिताका २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्बाध रुपमा काम गर्न पाउने वातावरणमा गम्भीर धक्का दिएको छ,’ सोसाइटीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘दफा २९३ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमति वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन गर्न हुँदैन भन्ने प्रावधान व्यक्तिको गोपनीयतासँग मात्र सम्बन्धित नभएर यसले प्रेसको निर्बाध सूचना संकलन, प्रकाशन वा प्रसारण गर्ने संवैधानिक हकको समेत ठाडै उल्लंघन गर्ने देखिन्छ ।’

 

नागरिक दैनिकमा लेखिएको समाचारमा सोसाइटीले संहिताका यस्ता प्रावधान तत्काल हटाउन माग गरेको उल्लेख छ । ‘सरकारले नयाँ ऐनकानुन बनाउँदा नेपालको संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यान दिन समेत हामी अनुरोध गर्न चाहन्छौं,’ सोसाइटीले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *