०४ चैत २०८२ , बुधबार

आधुनिक शौचालय निर्माणले छात्रा विद्यार्थीलाई सहज

भीमा लामा । भदौ २०, काठमाडौं । सिपापोखरे–८ सिन्धुपाल्चोक जिल्लाको राजेश्वरी माध्यमिक विद्यालयमा आधुनिक शौचालयको निर्माणपछि छात्रा विद्यार्थी भर्ना संख्या बढेको उक्त विद्यालयका प्रधानाध्यापक माधवप्रसाद सापकोटाले बताए ।

२०७२ को भूकम्पले छेत विच्छेद बनाएका भौतिक संरचना लगाएत शौचालयको अभाव रहेको उक्त विद्यालयमा नेपाल स्कटल्याण्ड एशोसियसनको आर्थिक सहयोगमा बनेको आधुनिक शौचालय भवनले विद्यार्थीमा खुसी छाएको छ । नेपाली रकम रु। १२ लाख बराबरको लगनीमा निर्मित भवनको प्राविधिक रुपमा पाहार ट्रस्ट नेपालले जिम्मा पाएको हो ।

शौचालयको अभावमा छात्राहरु विद्यालय नआउने समस्या उत्पन्न भएपछि स्कटल्याण्ड एशोसियसनले भवन निर्माणमा सहयोग पुर्याएको उक्त एशोसिएसनका प्रतिनिधि किशोर ढंगोलले बताए । कुनै विद्यार्थीलाई शौचालयकै अभावमा पढ्नबाट वञ्चित हुन नदिन छात्र र छात्राका लागि छुट्टै २र२ कोठा गरि चार कोठाको भवन निर्माण गरिएको उनले बताए । विशेष गरि छात्राहरुका लागि शौचालयमा सेनेटरी प्याड सहित राख्ने व्यवस्था गरेको उनले बताए ।

त्यस्तै ५५७ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा शौचालयको अभावमा खुल्ला स्थानमा शौच गर्ने बध्यता रहेको दुःख व्यक्त गर्दै छात्र÷छात्राका लागि छुट्टा छुट्टै सुरक्षित र व्यवस्थित कोठा सहितको भवन निर्माण गरेकोमा खुसी विद्यार्थीहरु खुसि रहेका छन् । शैक्षिक वातावरण निर्माणका लागि हरेक संरचनासँगै व्यवस्थित शौचालयको पनि अवश्यक रहेको पाहार ट्रस्टका महासचिव बिजुलीबहादुर गुरुङले बताए ।

इन्द्राबती गाउँपालिका स्थित सिपापोखरेमा रहेको उक्त विद्यालय देशकै नमूना समुदायिक विद्यालय बनाउने लक्ष्य रहेको प्रधानाध्यापक सापकोटाले बताए । विद्यालयको २६ औं वार्षिक उत्सवका क्रममा नवनिर्मित शौचालय भवन हस्तानतरण गरिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं। ३ का सांसद अग्नि सापकोटा, इन्द्राबती गाउँपालिका अध्यक्ष वंशालाल तामाङ लगाएत विभिन्न कलाकारहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागी रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *