०४ चैत २०८२ , बुधबार

चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबलाई

काठमाडौं ५, मंसिर । नैकापमा सम्पन्न चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।

मंगलबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पाले उपाधि जितेको हो ।

निर्धारित् समयको खेल १–१ गोलको बराबरीमा सकिएकोमा अतिरिक्त समयमा २ गोल थप्दै हिमालयन शेर्पाले उपाधि उचाल्यो ।

नैकाप क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको विजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *