०४ चैत २०८२ , बुधबार

काठमाडौं ३ मा युवासंघले गरे निर्वाचनका लागि १५ सय युवा परिचालन

काठमाडौं ५, काठमाडौं । मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेद्वारहरुलाई जिताउन एमाले भातृ संगठन युवा संघ नेपाल क्षेत्र नं। ३ काठमाडौंले युवा परिचालन गरेको छ ।

युवा संघ क्षेत्रिय कमिटि, नगर कमिटि वडा कमिटिका सबै सदस्यहरु रहेको १५०१ सदस्य निर्वाचन परिचालन कमिटि तयार गरेको छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन, आफ्नो उम्मेद्वारहरु, कार्यकर्ता, शुभचिन्तक र मतदाताहरुलाई सुरक्षा दिने गरी युवा संघ नेपाल काठमाडौं ३ ले निर्वाचन परिचालनको लागि हाइकमण्ड समेत तयार पारेको क्षेत्रिय अध्यक्ष कमान सिं लामाले जानकारी दिए ।

उक्त कमण्ड परिचालनका लागि सचिवालय समेत बनाएको छ । सचिवालय सदस्यहरुमा युवा संघ प्रदेश ३ का सदस्य बुद्ध गौतम, जिल्ला सचिव मोहन गौतम, जिल्ला सदस्यहरु विजय श्रेष्ठ, दिपेन गुरुङ, कमान सिं लामा रहेका छन् । पार्टी केन्द्रले जारी गरेको निर्देशनअनुसार एक बुथ सय युथ युवा परिचालन गर्न लागेको लामाले बताए । निर्वाचनका क्रममा अपराधिक र उच्छृखल तत्वहरुबाट आफ्नो उम्मेद्वार र मतदाताहरुलाई सुरक्षा दिन समेत आफ्नो टोली सक्रिया रहेने जनाएको छ ।

काठमाडौं क्षेत्र नंं ३ मा वा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले जिल्ला पार्टी अध्यक्ष कृष्ण राई, प्रदेशसभा सदस्य (क) मा पूर्व सांसद रामेश्वर फुयाँल, प्रदेशसभा सदस्य (ख) मा नेकपा माओवादी केन्द्रका तर्फबाट रुद्र बराईली आगामी निर्वाचनका लागि उम्मेद्वारी बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *