०५ चैत २०८२ , बिहिबार

न्युरोडका सुन पसले सहित चार जना पक्राउ

आईतबार रत्नपार्कबाट बरामद भएको सुन तस्करीमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तीन किलो सुन तस्करीमा सम्लग्न न्युरोडस्थित मनकामना ज्वेलर्सका सञ्चालक सुदम शाक्य र उनका दुई कर्मचारीलाई पक्राउ गरेको थियो ।

बा.३२ प ५६६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोहन महर्जन र आयुष बज्राचार्यलाई सुनसहित सोमबार दिउँसो पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सुन पसले पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।  कमलपोखरीबाट मोटरसाइकलमा पसलमा लिएर जाँदै गर्दा उनीहरु समातिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *