०४ चैत २०८२ , बुधबार

नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यबाहक अध्यक्ष पक्राउ

रसुवा ६, मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यबाहक अध्यक्ष पक्राउ परेका छन् ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा लेखनाथ लामिछानेलाई प्रहरीले पक्रेको हो ।  निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा सुरक्षालाई खलल पार्ने किसिमको क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

कालिका गाउँपालिका–३ बस्ने लामिछानेलाई कालिकास्थानबाट पक्राउ गरिएको हो ।  सोमबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घरनजिकै सुतलीबम राख्न उनी संलग्न रहेका आशंका प्रहरीको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *