०४ चैत २०८२ , बुधबार

चुनावपछि वामपन्थीको सरकार गठन गरेर भ्रष्ट्राचारमुक्त देश बनाउँछौं –अध्यक्ष ओली

बुटवल ६, मंसिर। एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालार्इ भ्रष्ट्राचारीको सूचीमा नराख्न चेतावनी दिएका छन् । आफूले कुनै भ्रष्ट्राचार गरेको प्रमाण पेस गर्न ओलीले चुनौती समेत दिएका छन् ।

 

सबै नेता उस्तै हुन्छन् भन्दै नेताहरुलाई भ्रष्ट्राचारीको आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले आफूलाई भ्रष्ट्रचारी भन्ने कसैको ताकग भए बहस गर्न तयार रहेको बताए ।  “सबै नेता उस्तै हुन, भ्रष्ट्राचारी छन् भन्छन्,” ओलीले भने,’म गृहमन्त्री पनि भए, परराष्ट्रमन्त्री पनि भए, कसैसँग भ्रष्ट्राचारी भन्ने तागत भए म सार्वजनिक रुपमा बहस गर्न तयार छु ।”  एमाले–माओवादी गठबन्धन रुपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले अबको चुनावपछि वामपन्थीको सरकार गठन गरेर भ्रष्ट्राचारमुक्त देश बनाउने बताए ।

 

भ्रष्ट्राचारलाई माथिबाटै निर्मूल पार्दै समृद्धि र विकाससँगै जनताको सरकार बनाउने बताए । ”अब वामपन्थीको सरकार बन्छ, भ्रष्ट्राचार तलबाट होइन माथिबाटैमुक्त हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,’अबको पाँच वर्षमा जनताको सरकार कस्तो हुन्छ भन्ने हामी देखाउँछौं ।’ यस्तै,कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेपालको बिकास र भविष्य वामको हातमा रहेको भन्दै दुई पार्टी एकता गर्न लागिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *