०४ चैत २०८२ , बुधबार

काँग्रेस नेता महतको खाने पानी उद्योगमा पेट्रोल बम प्रहार

नेपाली काँग्रेसका नेता रमेश महतको शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्‍याएको छ। कम्पनीका सञ्चालक महतका अनुसार मास्क लगाएर आएका पाँच जनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेका थिए।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको भने बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ। नेता महतले निर्वाचनको समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए।

प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको जनाएको छ। रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *