०४ चैत २०८२ , बुधबार

अन्धविश्वास र कुसंस्कारको अन्त्यका लागि आम नागरिक समाजले चेतना फैलाउनुपर्छः राष्ट्रपति

मंसिर ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवस २०७४ का अवसरमा सम्पूर्ण नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिएकी छिन् ।

 

आज (शनिबार) दिइएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिला हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य भएको उल्लेख गर्दै समाजमा चलिआएका अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्यका लागि नागरिक समाजले चेतना फैलाउनुपर्ने बताएकी छिन् ।

दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छिन्।

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यस वर्ष ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ ‘कोही नछुटौँ’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *