०४ चैत २०८२ , बुधबार

निर्वाचन पछिको दायित्व विकास निर्माण : नेता खनाल

मंसिर ९, इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताउनुभएको छ ।

इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा उहाँले संविधान निर्माणमा लामो समय खर्चनु परेकाले अब भने मुख्य एजेण्डा नै विकास निर्माण राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका वरिष्ठ नेता खनालले अबको एकमात्र सम्भावना वाम गठबन्धन मात्र रहेकाले यो गठबन्धनलाई नै निर्धक्क भएर भोट हाल्न सबैमा अनुरोध गर्दै सन्दकपुर गाउँपालिकाको पूर्वाधार विकास गर्ने अब आफ्नो जिम्मा रहेको बताउनुभयो ।

संयुक्त वाम गठबन्धनका संयोजक याम राईको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भत्त केसी र उपसचिव उमेश गुरुङलगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *