०४ चैत २०८२ , बुधबार

गौतम बुद्ध नेपाली हो, दलाई लामाले माफी माग्नु पर्छ : अध्यक्ष ओली

काठमाडौं १०, मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् गौतम बुद्ध र नेपालबारे दिएको अभिव्यक्ति तत्काल दलाई लामाले सच्याउन चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँको बौद्धमा आयोजना गरेका पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भगवान् गौतम बुद्धबारे दिएको अभिव्यक्ति तत्काल सच्याउन दलाई लामालाई चेतावनी दिएका हुन् । ओलीले दलाई लामालाई आफू बुद्धिस्ट हुँ भन्ने तर गौतम बुद्ध काहाँ जन्मेको भन्ने थाहा नभएको भन्दै व्यंग्य गरे । ‘म भन्छु दलाई लामा यस गल्तीलाई सच्याऊ । विगतमा तिमीले के कस्ता गल्ती गरेका थियौँ । तर, यो जस्तो ठुलो गल्ती केही होइन’, ओलीले भने, आफूलाई बुद्धिस्ट भन्ने अनि बुद्ध कहाँ जन्मिएका थिए भनेर थाहा नपाउने ?’ ओलीले दलाई लामाको सबैभन्दा ठुलो गल्ती भएको भन्दै त्यसलाई सच्याउन चेतावनी दिएका हुन् ।

केही दिनअघि बुद्ध धर्मका धर्मगुरु लामाले गौतम बुद्ध भारतीय भएको भन्ने अभिव्यक्ति बारे ओली आपत्ति जनाउँदै भने, ‘नेपालमा जन्मिएका व्यक्तिलाई भारतमा जन्मिए भन्नु नेपालविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्रको एउटा खेल हो । २६६१ वर्ष पहिले बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो सत्य अहिले सारेर हुन्छ ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *