०४ चैत २०८२ , बुधबार

वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपका लागि १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक

११ मंसिर ।  आँउदो डिसम्वरमा वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट टोलीले खेलाडी छनोट गरेको हो । राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लखे गरिएको छ । डब्लुसिएल अन्तर्गत हङकङ विरुद्धको खेलमा नरहेका भेट्रान स्पिनर शक्ति गौचन टोलीमा परे भने सुशील कँडेलको नाम भने अटाउन सकेको छैन् । दीलिप नाथ पनि अन्तिम १४ मा परेका छन् । २० सदस्य नामावली भित्र सुशीलसँगै हसमि अन्सारी भने बाहिरिन पुगे । कुशल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहनी र यू १९ टिमका अनिल कुमार शाह वैकल्पीक खेलाडीको रुपमा रहेका छन् । वैकल्पीक खेलाडी मध्ये अनिल र कुशल नेपाली टिमसँगै एक्स्ट्रा प्लेअरको रुपमा युएई जाने विज्ञप्तीमा उल्लेख छ । नेपाली टोली पर्सी बुधबार एतिहाड एअरवेजबाट युएई प्रस्थान गर्दैछ ।

युएई यात्रामा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा अभ्यास खेल खेल्नेछ । डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ । नेपाली टोलीको नामावली यसप्रकार रहेको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललितसिंह भण्डारी, आरिफ शेख, दिलिप नाथ रहेका छन् भने वैकल्पीक खेलाडीको रुपमा भने जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल कुमार शाह, सिद्दान्त लोहनी परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *