०४ चैत २०८२ , बुधबार

नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधिनजिक

मंसिर १२, झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।आर्मीका दिनेश हेनजनले २ र जर्जप्रिन्स कार्कीले एक गोल गरेपछि दुई विभागीय टोलीबीचको भिडन्तमा आर्मीले बाजी मारेको हो ।  आर्मीका लागि खेलको ५४औं र ६४औं मिनेटमा दिनेश र खेलको ८४औं मिनेटमा जर्जप्रिन्सले गोल गरेका थिए ।  खेलको ‘म्यान अफ द म्याच’ २ गोल गर्ने आर्मीका दिनेश हेनजन घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।   प्रतियोगिताअन्तर्गत् बुधबारको सेमिफाइनल खेल आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ–मर्स्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *