०४ चैत २०८२ , बुधबार

वामपन्थीले जिते मात्रै जनताका समस्या समाधान हुन्छ : नेता नेपाल

मंसिर १२, काठमाडौं । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु नपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं.१ को वानेश्वर चोकमा वामपन्थी गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘वामपन्थीका उम्मेदवारहरुलाई भोट दिनुहोस्,वामपन्थीलाई भोट दिँदा तपाईहरुलाई पुर्पुरोमा हात लगाउनुपर्ने छैन ।’

काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका नेता नेपालले माओवादी–एमाले गठबन्धन सफल हुँदैन भन्दै भ्रम फैलाएको भन्दै देशैभर कार्यकर्ताहरु एक भएर चुनावमा लागेको बताए ।

गठबन्धनबाट आत्तिएकाहरुले आफूलाई कांग्रेससँग गोप्य सहमति गरेको भ्रम फैलाएको भन्दै नेता नेपालले वामपन्थीले जिते मात्रै जनताका समस्या समाधान हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *