काठमाडौं १२, मंसिर । ललितपुरको लगनखेलमा भइरहेको चुनावी सभामा बोल्दै नवराज सिलवालले छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका छन् । ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रहेका सिलवालले अब आफूहरुले कांग्रेसलाई सत्ता कसरी चलाउने भन्ने प्रशिक्षण दिने र सरकारमा बस्ने धेरै दिन नभएकाले सत्ता छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका हुन् ।
वाम गठबन्धनको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै सिलवालले भने ‘२३ महिनासम्म कांग्रेसले सत्ता चलायो अब प्रतिपक्षीको बेन्चमा बस्नु ,त्यसपछि हामी तपाईँहरुलाई कसरी शासन चलाउने भन्न प्रशिक्षण दिन्छौं ।’
उनले आर्थिक समृद्धि र विकासको सपना साकार बनाउन वाम गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे । प्रहरी सेवाबाट राजिनामा दिएर सिलवाल केही समयअघि एमालेमा प्रवेश गरेका उम्मेद्वार हुन् ।








