०४ चैत २०८२ , बुधबार

हिंसात्मक घटना रोक्न सरकारले चासो नलिएको आरोप

मंसिर १४, काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेको उनले प्रष्ट पारे । यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उनले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर उनलेले गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *