०४ चैत २०८२ , बुधबार

गैरसंवैधानिक अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब दिइयो : माधव नेपाल

काठमाडौँ, १५ पुस ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रियसभा गठनका लागि ल्याइएको अध्यादेश गैरसंवैधानिक भएको विचार व्यक्त गर्नु भएको छ । अखिल नेपाल महिला संघ कामपा वडा नं. ९ ले आज आयोजना गरेको बधाई तथा सम्मान र मतदातालाई धन्यवाद कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले राष्ट्रपतिलाई सो अध्यादेश जारी गर्न बाध्यात्मक अवस्था सिर्जना गरिएको बताउनुभयो ।
नेता नेपालले नेपाली काँग्रेसले निर्वाचनमा व्यहोर्नपरेको हारलाई सहज रुपमा लिन नसकेको बताउनुभयो । उहाँले वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति क्रियाशील रहेको पनि बताउनुभयो । निर्वाचन आयोगले मतपरिणामलाई सार्वजनिक गरेर चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *