०५ चैत २०८२ , बिहिबार

करणी गरेको आरोपमा मेजरविरुद्ध मुद्दा दायर

माघ ९, काठमाडौं । एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) विरुद्ध मुद्दा दायर भएको छ । मेजर प्रभवविक्रम शाहविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा जर्बजस्तीकरणी मुद्दा दायर भएको हो ।

बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। अनुसन्धान पुरा गरी मुद्दा दायर गरिएको बानेश्वर वृत्तका डिएसपी रवि पौडेलले बताए । घटना पुस १४ गतेको हो । मेजर शाह बुद्धनगरस्थित आफन्तको डेरामा गएका थिए। सोही बेला उनले आफन्तको पनि आफन्तको बच्चासँग अप्राकृतिक यौन गतिविधि गरेका हुन् ।

 

मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो । प्रहरीले अनुसन्धान गरेपछि शाहलाई सैनिक हिरासतमै राखिएको थियो । पीडित बालिकाले एक संस्थाका प्रतिनिधिलाई आफुमाथि हुने दुव्र्यवहारबारे बताएपछि सोही संस्थाको पहलमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *