१७ जेठ २०८३ , आइतबार

२८ औं स्थापना दिवसमा युवा संघ काभ्रेद्वारा सरसफाई तथा जेष्ठ नागरिक सम्मान

जेठ १, काभ्रे । नेकपा एमाले भातृ संगठन युवा संघ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा काभ्रे जिल्ला कमिटिको आयोजनामा सरसफाई तथा जेष्ठ नागरिक सम्मान गरिएको छ ।


पनौतीको पुण्यमाता क्षेत्रमा सरसफाई र माईति बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । युवा संघका केन्द्रिय कोषाध्यक्ष अमित लामाले सरसफाई कार्यक्रममा सहभागिता जनाउँदै युवा संघले गरेको रचनात्मक कृयाकलापहरुलाई जिल्लाका सबै क्षेत्रमा शुरु गर्नुपर्ने बताए । कमिटिगत रुपमा भएका सबै निर्णयहरु संघका सदस्यहरुले कार्यान्वयन गर्नुपर्ने बताउँदै लामाले केन्द्रिय कमिटीले सदस्यमा मनोनित गरेका ब्यक्तिहरुको विषयमा आएका टिप्पणीहरु छलफलबाटै टुङ्गयाउनु पर्ने बताए । बार्षिक साढे चार लाख युवाहरु विदेशिनु परेको बताउँदै विदेशिनु परेका युवाहरुलाई रोक्न बेरोजगार मुक्त नेपाल बनाउने अभियान शुरु भएको बताए । केन्द्रिय कोषाध्यक्ष लामाले युवा संघ काभ्रेका लागि सकारात्मक सोच सहितको अभियान शुरु गर्न एक हजार टिर्सट उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले युवाहरुले सकारात्मक सोचका कार्यक्रमहरु अघि सार्दै युवाहरुलाई आशा जगाउनु पर्ने बताए । तिमिल्सनाले सिटिईभिटी, युवा परिषद् र युवा स्वरोजगार कोषलाई एकै स्थानमा राखी बार्षिक ३ लाख भन्दा बढि युवाहरुलाई श्रममा लगाउनु पर्ने बताए । हरेक युवालाई रोजगार बनाए मात्र मुलुकले खोजेजस्तो सम्बृद्ध पाउन सक्ने बताए ।

 

 


युवा संघले जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित गरेका ब्यक्तिहरुको विषयमा आलोचना गर्दै जिल्ला अध्यक्ष विक्रम चौलागाईले संगठनात्मक रुपमा अगाडी बढ्न सुझाव दिए । कार्यक्रममा युवा संघ काभ्रेका कोषाध्यक्ष सौगात बस्नेत, एमाले नेताहरु विदुर हुमागाई, राकेश लामा, सहदेव थापा, सन्तोष केसी लगायतले युवा संघले गरेका कार्यक्रमहरु सकारात्मक रहेको बताए । युवा संघले माईति बृद्धाश्रम पनौतीमा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै फलफुल लगायत आवश्यक पर्ने भान्साको किचन टेबुल हस्तान्तरण गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *