२ जेठ, काठमाडौं ।
एकिकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने अन्न्तिम कसरतमा रहेको नेकपा एमालेको केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने भएको छ ।
पार्टी एकताको कार्यसूचीमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रीय कमिटीको नवौं बैठक बस्न लागेको हो ।
दुई पार्टी बिचको एकताको विषयलाई लिएर प्रधानमन्त्री निवास बालवाटारमा विहिबार ११ बजे बैठक तय भएको छ । एमाले कैनद्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति मार्फत सो जानकारी गराउनु भएको छ ।

पछिल्लो समय पार्टी एकता हुने कि नहुने भन्ने बहस तातिरहेका बेला दुई पार्टीका अध्यक्षको वार्तापछी पुनः पार्टी एकताको विषयले प्राथमिकता पाएको छ ।








