२० जेठ २०८३ , बुधबार

एमाले–माओवादी एकतापछि किरातीको यस्तो आव्हान

जेठ ५, काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच एकतापछि यसको विरोध गर्दै आएका गोपाल किरातीले ‘स्वाधीनता पक्षधर’ लाई ‘संवाद’ र ‘सहकार्य’का लागि आव्हान गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै उनले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् । ‘पुँजीवादी गणतन्त्र स्थापनासम्म सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) हाल आएर माक्र्सवाद–लेनिनवाद–माओवादको विचार, बल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरी नव–प्रतिक्रियावादी कित्तामा पलायन भएको छ’, उनले भनेका छन्, ‘विचार, भावना र इतिहासको एकिकृत निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियानमा जुट्न सबैमा आग्रह गर्दछौँ ।’


उनी अन्य केही नेतासहित पार्टीको नीति विपरीत कार्य गरेको भन्दै २०७४ फागुन १० गते तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निष्कासित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *