०८ बैशाख २०८३ , मङ्गलबार

२ नम्वर प्रदेशका मुख्यमन्त्री राउतको अमेरिका भ्रमणमा रोक

जेठ ७, काठमाडौँ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण ‘अनुपयुक्त’ भन्दै केन्द्र सरकारले रोक्ने निर्णय गरेको छ ।

 

मधेशी सम्बन्धी काम गर्ने एक एनजिओको कार्यक्रममा सहभागी हुन अमेरिका जानका लागि मुख्यमन्त्री राउतले केन्द्र सरकारको स्वीकृत मागेका थिए ।

 

तर आइतबार अबेर सकिएको मन्त्रिपरिषद्को बैठकले ’जनरल कन्भेन्सनल अफ मधेसी एसोसियसन इन अमेरिका’ को निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषद्बाट आएको प्रस्ताव अस्वीकार गरेको छ ।

 

गैरसरकारी संस्था जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन अफ अमेरिकाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउने भनी सो प्रदेशको मन्त्रिपरिषद्बाट आएको प्रस्तावमा प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

बाँस्कोटाले भने, ’जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका भन्ने एनजिओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउन प्रदेश मन्त्रिपरिषद्को प्रस्ताव आएकोमा अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५÷७६ को नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ ।’

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला गरेको मुख्यमन्त्रीले गरेको लिखित भाषणलाई लिएर प्रधानमन्त्री केपी ओली असन्तुष्ट देखिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *