जेठ १३, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिन्ह्वा समाचारमा एक अन्तरवार्त दिँदै रुस–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको बताएका छन् ।

पुटिनले भनेका छन्— ‘दुई देशबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा इतिहासकै सबैभन्दा राम्रो छ ।’
उनले दुई देशबीचको सम्बन्धलाई पुनः परिभाषित गर्नु आवश्यक नभएको बताए । पुटिनले भने, ‘पछिल्लो समय रुस र चीन सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’
चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेसपछि चीनसँग रुसको सम्बन्ध थप सुमधुर भएको उनले दाबी गरे । उनले भने, ‘रुस र चीनबीच आगामी सम्बन्ध अझ राम्रो बढाउन १९ औं कंग्रेसले उपयुक्त वातावरणको सिर्जना गरेको छ ।’ अन्तर्वार्तामा पुटिनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए ।








