जेठ १४, काठमाडौँ । नेकपासँगको दुई बुँदे लिखित सहमतिपछि संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाले आपसी समझदारीमा संविधान संशोधन गर्ने लिखित सम्झौता गरेको हो ।
सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।








