०४ चैत २०८२ , बुधबार

लुम्बिनीमा यसरी मनाइयो २५६१ औं बुद्धजयन्ती

– नरेश केसी

भैरहवा, २७ वैशाख । २५६१ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बुद्धजन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

जयन्तीको अवसरमा बुधबार विहानैदेखी लुम्बिनीमा विभिन्न बौद्ध तथा सामाजिक संघसंस्थाले झाकी, रयाली एवं प्रदर्शनी गरेका थिए । र्याली पश्चात लुम्बिनीस्थित म्युजियम परिसरमा आयोजित विशेष कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको छोटो र महत्वपूर्ण मन्तब्यले उपस्थितको मन जत्ति छोयो त्यत्ति त्यहां नोबेल एकाडेमीका बालिकाको बौद्ध नृत्यले सबैलाई मोहित तुल्यायो ।

सो अवसरमा उपराष्ट्रपति पुनले समग्र बुद्ध जन्मस्थल लुम्बिनीसहित अन्य बौद्ध स्थलको एकिकृत बिकासका लागि बुद्ध सर्किट (बुद्ध परीपथ) अनिबार्य भएको बताए ।

लुम्बिनीमा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले बुद्ध र बुद्ध जीवनसँग जोडिएका ठाउँहरु रामग्राम, गोटिहवा, तिलौराकोट, देवदह लगायतलाई जोडेर बुद्ध सर्किट निर्माण भए लुम्बिनीको बिकाशले प्रगति गर्ने बताए ।

बुद्धको पञ्चशिललाई मात्र मार्गदर्शक गर्न सके विश्व शान्ति र अहिंसा तिर लम्कीने र आजको दिन बुद्ध जन्मेका दिन भएकाले पनि बुद्ध पुर्णीमा शान्तिको सुरुवात भएको दिन तथा महान दिन रहेको उपराष्ट्रपती पुनले आफ्नो मन्तव्यमा व्यक्त गरे ।

बुद्ध जन्मेको आजको दिन नेपालीहरुको लागी समेत महान रहेकाले विश्वभरि शान्तीका अग्रदुत जन्मीएको देश नेपालका हामी नेपाली भनेर समेत परिचित हुनु पाउदा समेत गर्वको अनुभुती हुने गरेको उपराष्ट्रपति पुनले वताए ।

संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव उ थान्तको सन १९६८ मा भएको लुम्बिनी भ्रमण संग सुरु भएको आधुनिक लुम्बिनीको विकास सुरुवातका कारण लुम्बिनी अन्तर्राष्ट्रिय जगत सम्म पुगेको वताउदै उपराष्ट्रपती पुनले महासचिव उ थान्त लाई धन्यवाद समेत दिए ।

समारोहमा लुम्बिनी क्षेत्रका सांसद कल्लेसश्वरपुरी गोस्वामीले लुम्बिनी नेपाल र नेपालीका लागी गर्व गर्ने स्थान भएकाले यसको विकासमा सवैले ध्यान दिनुपर्ने वताए । बौद्ध धर्मालम्वीहरु को आस्थाको केन्द्रको रुपमा रहेको लुम्बिनी पर्यटकको आर्कषण बनाउन समेत सबै लाग्नुपर्नेमा संसाद गोस्वामीले जोड दिए ।

संस्कृति तथा पर्यटन नागरिक उड्ययन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले बुद्धको सत्यतालाई संसार माझ पुराउन सहयोगको भुमिका खेलिरहेको लुम्बिनीको विकासमा नेपाल सरकारको मुख्य प्राथामिकता रहेको वताए ।

समारोहमा लुम्बिनी विकास कोषले बुद्ध र लुम्बिनीको प्रचार र प्रसारमा योगदान पुराउने विशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । कोषले पर्यटन व्यवसायी विक्रम पाण्डे, चलचित्रकर्मी रमित ढुङगाना, होटल कसाईका अध्यक्ष नोबुओ काशाई “टोकुशिन”, प्रोफेशर डाक्टर रोबिन कलिहम बेलायत, प्रोफेसर डाक्टर निशिमुरा जापान, भन्ते सबोद थाइ विहार, मास्टर इन सुन चाईना विहार ,नेता गुरुकुल भिक्षु नेतेह, रोल्याण्ड युनेस्को प्रतिनिधिलाई सम्मान गरेको हो ।

२५ बर्ष सेवा पुरा गरेकी कोषकी कर्मचारी निमा शर्मालाई दिर्गसेवा पदक प्रदान गरेको छ । भने कोषले स्थानिय एक सय जना गरिब, जेहेन्दार, असहाय र शहिद परिवारका विद्यार्थीहरुलाई मायादेवी छात्रबृत्तिबाट रु ५ हजार नगद सहिद प्रशंसापत्रले पुरस्कृत गरेको छ ।

बुद्धजयन्तीमा सहभागी भएका भिक्षु तथा भिक्षुणीहरुलाई समेत कोषले नगद सहिद सम्मान तथा दान प्रदान गरेको छ। समारोहका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन तथा भिक्षु निग्रुले लुम्बिनीको अहिले अवस्था र यहाको विकासमा प्रकास पारेका थिए । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले स्वागत मन्तव्य राखेको थिए । बुद्ध जयन्तीको अवशरमा बुधवार साझ पनि कोषले २५ सय ६१ वत्ती वाली मायादेवी मन्दीरको वरिपरि दिपावली गर्ने समेत जनाएको छ ।

जापानिजको सहयोग

बद्धजयन्तीको अवसर पारेर जापानिज नागरिक तथा लुम्बिनी होटल कसाईका अध्यक्ष नोबुओ काशाई “टोकुशिन”ले व्यक्तिगत रुपमा ५ हजार जनालाई विगत वर्ष देखी नै खानाको व्यवस्था गर्दै आएका छन् । उनले यो वर्ष पनि खानाको व्यवस्था गर्नुका साथै रु १० लाख रुपैया सहयोग प्रदान गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले वताए । जापानिज नागरिक कसाईले तिलौराकोटको उत्खनन्का लागी रु २ करोड रुपैया सहयोग समेत गरेका छन् । उनले जापानमा पढनका लागी लुम्बिनी विश्वविद्यालयका एक जना विद्यार्थीलाई पाच वर्ष सम्मको निशुल्क छात्रबृत्ती समेत व्यवस्था गरेको लुम्बिनी विकास कोषले जनाएको छ । स्थानिय स्तरमा समेत बालगृह देखी अनाथलयमा यीनको सहयोग हुदै आएको छ ।

सर्बसाधारणको भिड

बुद्धजयन्तीको दिन मायादेबी मन्दीर अवलोकन गर्ने सर्बसाधारणहरुको बिहानै देखि भिड थियो । मायादेबी मन्दीर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड लगायत लुम्बिनीका अन्य बिभिन्न देशी तथा बिदेशी बिहारहरुमा बिहानै देखि सर्बसाधारणहरुको बृहत उपस्थिती थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *